प्रिमियर लिगमा आर्सनल र बर्नमाउथ बराबरीमा रोकिए

प्रिमियर लिगमा आर्सनल र बर्नमाउथ बराबरीमा रोकिए

  • बुधबार, पुस २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

एजेन्सी, पुस २० ।
इङ्गलिश प्रिमियर लिग फुटबल अन्तर्गत गएराती भएको खेलमा आर्सनल र बर्नमाउथ बराबरीमा रोकिएका छन् । बर्नमाउथको मैदानमा भएको खेल ३–३ गोलको बरबरीमा रोकिएको हो ।

खेलमा बर्नमाउथले लगातार तीन गोल गरेपछि ६९ मिनेटसम्म आर्सनल ३–० ले पछि परेको थियो । तर ७० औं मिनेटमा अलेक्सीस सान्चेजको गोलमार्फत खेलमा फर्किएको आर्सनलका लुकास पेरेज र ओलिभर जिरुले एक एक गोल थपेपछि खेल ३–३ गोलको बराबरीमा सकिएको हो ।

प्रिमियर लिग अन्तर्गत गएराती भएका अन्य खेलहरुमा स्वान्सी सिटीले क्रिष्टल प्यालेसलाई २–१ ले हराँउदा स्टोक सिटीले वाट्फोर्डलाई २–० ले पराजित गरेको छ ।

गएरातीका खेलहरुपछि प्रिमियर लिग फुटबलको अंक तालिकामा १९ खेलबाट ४९ अंक जोडेको चेल्सी शीर्ष स्थानमा कायमै छ । एक खेल बढी खेलेको लिभरपुल ४४ अंकसहित दोस्रो तथा म्यान्चेस्टर सिटी ४२ अंकसहित तेस्रो स्थानमा छ ।

४१ अंक जोडेको आर्सनल चौथो स्थानमा रहेको छ । लिग अन्तर्गत आज राती हुने खेलमा शिर्ष स्थानको चेल्सीले पाँचौ स्थानको टोटनह्याम हट्सपरसँग प्रतिस्पर्धा गर्ने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी