पाँचथर, २० पुस ।
पाँचथरको फिदिममा जारी आठौँ अन्र्तराष्ट्रिय आमन्त्रण टुबोर्ग फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताअन्र्तगत आज अन्तिम क्वाटरफाइनल खेल हुदैछ ।
दिउसो हुने प्रतिस्पर्धामा चर्च ब्वाइज काठमाडाँै र कर्ण सिंह सोनाम स्मृति क्लब ताप्लेजुङबीच प्रतिस्पर्धा गर्नेछ ।
यसअघि हिजो भएको खेलमा आयोजक फिदिम स्पोटिङ क्लब विजयी बन्दै सेमिफाइनल प्रवेश गरेको छ ।
फिदिमले सेमिफाइलमा बिर्ता युनाइटेड क्लब झापाको समना गर्नेछ ।
नेपाल, भारत र भुटानका गरी १० टोली सहभागी प्रतियोगिताका विजेताले रु दुई लाख ५० हजार र उपविजेताले रु एक लाख ७५ हजार प्राप्त गर्नेछन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline