काठमान्डौ पुस २० ।
हेटौंडामा जारी दोस्रो हेटौंडा अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगितामा आज सीएमजी संकटा क्लब काठमान्डौ र विभागीय टोली नेपाल आर्मी क्लबी विच प्रतिस्पर्धा हुने छ ।
यी दुइ टोली विचको खेल हेटौडाको वन विज्ञान मैदानमा हुने छ । प्रतियोगिता सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा भएको हो ।
यस अघि हिजो भएको खेलमा सहरा क्लब पोखराले दिल्ली युनाइटेड फुटबल क्लब भारतलाई ट्राइब्रेकरमा ३ –२ गोल अन्तरले पराजित गरेको छ ।
आगामी पुस २३ गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टोलीले ५ लाख नगद पुरस्कार र सिल्ड प्राप्त गर्ने छ । यस्तै दोस्रो हुने टोलीले ३ लाख पुरस्कार प्राप्त गर्ने छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline