काठमान्डौ पुस २०।
दोस्रो काँकडभिट्टा गोल्डकप फुटबल प्रतियोगितामा आजबाट सेमिफाइनलका खेलहरु सुरु हुदै छ । प्रतियोगिताको आज हुने पहिलो सेमिफाइनलमा झापा ११ र रुपन्देही ११ विच प्रतिस्पर्धा हुने छ ।
यी दुइ टोली विचको खेल काँकडभिट्टा उच्च माविको खेल मैदानमा हुने छ । प्रतियोगितामा भारत र भुटान सहित ८ टिमको सहभागिता रहेको छ ।
यस अघि हिजो भएको खेलमा सशस्त्र प्रहरीको एपिएफ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । एपिएफले सीएमजी संकटा क्लब काठमान्डौ १ –० लाई पराजित गर्दै सेमिफाइनमा प्रवेश गरेको हो ।
प्रतियोगिताको विजेता टोलीले चार लाख एक हजार रुपौया पुरस्कार प्राप्त गर्ने छन् । यस्तै सर्वाेत्कृष्ट खेलाडीले २५ हजार, उत्कृष्ट गोल रक्षकले १० हजार, र सर्वाधिक गोलकर्ताले १५ हजार रुपैया प्राप्त गर्ने आयोजकले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline