काठमाडौं । सिजन मिडियाले राजधानीमा शनिबार साँझ आयोजना गरेको ‘मिस इकलेज २०१६’ मा पेमा गुरुङले शीर्ष ताज जितेकी छन् । उनले विधागत तर्फको ‘मिस पर्सनालिटी’ र ‘मिस बेष्ट वल्क’ को ट्रफी पनि आफ्नो पोल्टामा पारिन् । भने उपहार स्वरुप स्कुटर पनि जितिन प्रतियोगितामा अनिषा मिश्र फष्ट रनरअप हुँदा यूनिता खत्री सेकेण्ड रनरअप, अनु सुवाल थर्ड रनरअप र आरती विष्ट फोर्थ रनरअप भए ।
विधागततर्फ अनिषा ‘मिस स्टाइलिष्ट ड्रेस’, उनिता ‘अर्गनाइजर च्वाइस’ र आरती ‘मिस लिडरसिप’ बने । अजिता अधिकारीले ‘मिस पपुलर’, मिस क्रिएटिभ’ र ‘मिस सोसियल अवार्ड’ पोल्टामा पार्दा पूजा पन्त ‘मिस ट्यालेन्ट’, स्मृति श्रेष्ठ ‘मिस फोटोजेनिक’, सलिना अवाले ‘मिस हेल्दी स्माइल’, नविना खत्री ‘मिस फ्रेण्डसिप’, मनिषा केसी ‘मिस डिसिप्लिन’, ऋतिका थापा मगर ‘ फेसबुक मल्टिमिडिया’, सुदिपा अधिकारी ‘भ्युअर्स च्वाइस’, पुनम तामाङ ‘बेष्ट हेयर’, अस्मिता सुनुवार ‘मिस फिटनेस’ र सिमरन खड्का ‘बेस्ट स्किन’ घोषित भए । प्रतियोगिताको निर्णायकमा नेपाल प्रहरी स्कुल साँगा काभ्रेका प्रिन्सिपल नवीनमान श्रेष्ठ, वरिष्ठ फोटोपत्रकार ध्रुव आले, कोरियोग्राफर कला सुब्बा, वृत्तचित्र निर्देशक गणेश पाण्डे, मिस नेपाल अर्थ २०१५ दिव्यता वैद्य र नायिका अशिष्मा नकर्मी रहेका थिए ।