पुष १९ काठमाण्डौं । काठमाडौँ सडक विस्तार अभियानको क्रममा आफुहरुको घरजग्गा बिना मुवाब्जा जबर्जस्ति अतिक्रमण गरी उठिबास गराउन लागेको भन्दै बिरोधमा बुधबार उपत्यका बन्द आह्वान गरेको छ | बाटो बिस्तार को क्रममा पिडितहरुको संयुक्त २४ वटा उपत्यकाव्यापी सडक विस्तार संधर्ष समितिले संयुक्त रुपमा उपत्यका बन्द आह्वान गरेको हो | सडक विस्तारको क्राममा आफ्नो घरहरुमा क्षति पुगेको भन्दै विभिन्न सडक विस्तारपिडित तथा सरोकार संघ सस्था समितिहरुले सडक विस्तारको विरोध गर्दै आएका छन् |
यसै गरि बन्द आह्वान गर्दै गर्दा साखुसीमा भएको मसाल जुलुसमा प्रहरी हस्तक्षेप गरेको समितिले जनाएको छ | भने लगनखेलमा कोणसभा र काठमाण्डौंको डल्लुमा पनि मसाल जुलुस निकालिएको छ | बन्द आह्वान गर्दै पर्चा बाड्दै गर्दा काठमाण्डौंवाट तीन जना सहित अदिवक्ता जितेन्द्र बज्राचार्यलगाएत गिरफ्तार गरेको छ | काठमाण्डौं उपत्यकाव्यापी सडक विस्तार संघर्ष समितिले २० गतेको उपत्यका बन्दको प्रचार प्रसारको क्रममा १९ गते मंगलवार अपरान्ह्र कोणसभाको आयोजना गरेको थियो । बन्दको पुर्व सन्ध्यामा राजधानीको विभिन्न स्थानमा भएको कोणसभामा विभिन्न क्षेत्रका संघर्ष समितिका अगुवाहरुले मुआब्जा नदिइकन राज्यले आफूहरुको जग्गा लिने घर भट्काउने काम गरेको विरोधमा आन्दोलनमा उत्रेको बताएका थिए ।
बन्दको प्रचार गर्दै हिडेका केहीलाई प्रहरीले आजै पक्राउ गरेको छ ।
अगुवाहरुले आफूहरुसंग आन्दोलनको विकल्प नभएको समेत बताएका थिए । राज्यले लोकतन्त्र र गणतन्त्रमा नागरिको स्वतन्त्र बोल्ने र अविव्यक्ति स्वतन्त्र समेत हनन् गरी जनतामाथि क्रुर तानाशाहा तन्त्र लाडेको काठमाण्डौं उपत्यकाव्यापी सडक विस्तार संघर्ष समितिका संयोजक सुमन सयेमीले बताएको छ |
बन्दको समर्थनमा नेकपा क्रान्तिकारी माओबादी , नेवार जातिको संयुक्त संगठन नेवा:देदबु लगाएत अन्य विभिन्न संगठनहरुको समेत समर्थन रहेको छ | हाल कलंकी – थानकोट ,त्रिपुरेश्वोर कालिमाटी कलंकी , सामाखुसी -धापासी – टोखा ,गोल्कोपाखा – चक्रपथ ,जोरपाटी -थली, थली – साखु ,जोरपाटी -सुन्दरजल ,थैब -हरिशिद्धि , वादेगाउ, तौखेल ( गोदावरी ) चोभार -फर्पिंग , किर्तिपुर ,भक्तपुर ,बुन्ग्मति , सुनाकोठी ,बालाजु ,सितापाइला,-रामकोट , सुर्येविनायेक ,चापागउँ, ठेचो र टोखा गरी २४ वटा स्थानीय संघर्ष समितिहरु बनेका छन् |