काठमाडौँ, १९ पुस ।
स्वास्थ्यमन्त्री गगनकुमार थापाले मन्त्रालयअन्तर्गत कुन निकायमा कति दरबन्दी र को को कार्यरत छन् भन्नेबारेमा आफुलाई जानकारी नभएको बताउनु भयो ।
आजधानीमा आज आयोजित स्वास्थ्य प्रवद्र्धनसम्बन्धी प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री थापाले पद सम्हालेको पाँच महिना पूरा भइसक पनि आफ्नो मन्त्रालय अन्तर्गत कति दरबन्दी छ भन्ने जानकारी नभएको स्पष्ठ पार्नुभयो ।
थापाले मन्त्रालयअन्तर्गत चिकित्सक, जनस्वास्थ्यकर्मी, अहेब, नर्स, प्यारामेडिसियन, प्रयोगशालामा काम गर्ने प्राविधिकलगायत प्राविधिक जनशक्ति एवम् अन्य जनशक्तिको दरबन्दी सङ्ख्या र ती दरबन्दीमा को कुन स्थानमा काम गर्छन् भन्ने अझसम्म जानकारी पाउन नसकिएको स्पष्ट गर्नुभयो ।
आफूले दुई महिना अगाडि सोलुखुम्बुको सोताङ प्राथमिक चौकीको निरीक्षण गर्न पुग्दा हाजिरकापीमा दुई चिकित्सकले हाजिरी गरेको देखिएको बताउँदै उहाले हालसम्म ती चिकित्सक कहाँ छन् भन्नेबारे जानकारी नभएको बताउनु भयो ।
आफूले सेवा नदिने तर पद ओगटेर बस्ने कर्मचारीलाई कि काम कि पद छाड्न विकल्प दिइएको जानकारी दिनुभयो । सो संस्थाले एक वर्षमा स्वास्थ्यकर्मीले ९६ दिन मात्र सेवा दिने गरेको पाइएको प्रतिवेदन सार्वजनिक गरेको थियो ।