चितवन, १९ पुस ।
नारायणगढ–मुग्लिन सडकखण्डमा थप आधा घन्टा सडक रोकेर काम प्रभावकारी बनाउन १३ बुदे निर्देशन दिएको छ ।
सडक अनुगमन गरी प्रत्येक दिन बिहान साढे १० देखि अपरान्ह तीन बजेसम्म सडक बन्द गरेर काम गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टलेले जानकारी दिनुभयो ।
यसअघि ११ देखि ३ बजेसम्म मात्र सडक बन्द गरेर काम गर्ने गरिन्थ्योे ।
त्यसैगरी अत्यावश्यकको नाममा धेरै सवारी साधन बन्दका समयमा समेत छोडिएकामा आजदेखि एम्बुलेन्स मात्र छाडिने भएको छ ,
रोकिएका सबारीसाधनलाई क्रमशः मोटरसाइकल, साना सवारी, बस, ट्रक र कम गतिका अन्य सवारीलाई प्राथमिकताका आधारमा छाडिने निर्णयसमेत प्रशासनले गरेकाले यात्रुबाहक सवारी साधन धेरै समय लाइनमा बस्नु नपर्ने भएको छ । ठूला कन्टेनरलाई रातको १२ बजेदेखि बिहान ४ बजेसम्म मात्र चल्न दिइने भएको छ ।
सडकमा खाल्डाखुल्डी र धुलो बढी उडेपछि नियमित पानी हाल्न र खाल्डाखुल्डी सम्याउन ठेकेदारलाई निर्देशन दिइएको छ ।
जीर्ण सडकमा दुर्घटना हुन सक्ने भएकाले ४० थान ट्राफिक सङ्केत र १० वटा घुम्तीमा कन्भेक्स लेन्स तत्काल जडान गर्न पनि निर्देशन दिइएको उहाले बताउनुभयो ।