तेह्रथुमका अग्निपीडितलाई एक करोड दिने प्रधानमन्त्रीको घोषणा

तेह्रथुमका अग्निपीडितलाई एक करोड दिने प्रधानमन्त्रीको घोषणा

  • मङ्लबार, पुस १९, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

पौष १९,  तेह्रथुम ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेह्रथुमको संक्रान्ति बजारका आगलागी पीडितहरुको पूनर्बासका लागि एक करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।

आज आगलागी भएको क्षेत्रको निरीक्षणपछि बोल्दै प्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वमा रहेको केन्द्रीय दैवीप्रकोप कोषबाट संक्रान्ति बजारका अग्निपीडितका लागि एक करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गर्नुभयो ।

यस्तै उहाले विशेष राहत प्याकेज स्वरुप संक्रान्ति बजारको पूनस्र्थापना र व्यवसाय सञ्चालनका लागि बिना धितो सहुलियत ऋण उपलब्ध गराउने, संक्रान्ति बजारमा नेपाल बैंक, कृषि विकास बैंकको शाखा कार्यालय स्थापना गर्ने, एम्बुलेन्सको व्यवस्था गर्ने प्रतिबद्धता जनाउनु भयो ।

प्रधानमन्त्रीले संक्रान्ति बजारमा नै दमकलको व्यवस्था , खानेपानी आयोजना सञ्चालन गर्ने पनि बताउनु भएको छ ।
संकटका बेला एकतावद्ध हुने नेपाली संस्कार भएको भन्दै प्रधानमन्त्रीले संविधान कार्यान्वयनको चरणमा सरकार रहेकोले चाडै संसदको गतिरोध हट्न जरुरी रहेकोमा पनि जोड दिनुभयो ।

राजनीतिक गतिरोध सम्वादकै माध्यमबाट समाधान गरी संविधान कार्यान्वयनका लागि निर्वाचनमा जाने पनि उहाले प्रतिबद्धता जनाउनु भयो ।

आगलागी भएको स्थानको निरिक्षण लगत्तै बसेको प्रधानमन्त्रीसहित जिल्लाका सांसद र जिल्ला दैवीप्रकोप उद्दार समितिका सदस्यहरुको बैठकले क्षतिग्रस्त ३२ घर र ५६ परिवारका लागि एक करोड रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

गत पौष १ गते दिउँसो लागेको आगोबाट ३२ घर र ५६ परिवारमा क्षति भएको छ । आगलानीबाट १४ करोड ८ लाख क्षति भएको क्षति मूल्याङ्कन गरिएको प्रमूख जिल्ला अधिकारी मेनुका न्यौपानेले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ