काठमाडौं, पुस १९ ।
सभामुख ओनसरी घर्तीले संविधान संशोधन विधेयक रोक्न माग गर्दै परेको रिटमा अन्तरिम आदेश जारी गर्न सर्वोच्चले नमानेपछि संसदलाई अगाडि बढ्न बाटो खुलेको बताउनु भएको छ ।
बानेश्वरस्थित आफ्नै कार्यकक्षमा आज सन्चारकर्मीसँग कुरा गर्दै सभामुख घर्तीले सर्वोच्च अदालतको फैसलापछि संसद्लाई अगाडि बढ्न सहज भएको बताउनु भयो ।
उहाले अब दलहरुबीच भएको अन्तरबिरोध हल गरी सर्वोच्चको आदेशअनुसार संसदी प्रक्रिया अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
सर्वोच्चले अन्तरिम आदेश नदिएर अगाडि बढ्नु आदेश दिएको सभामुख घर्तीको दाबी छ । तर, प्रक्रियामा जानुअघि विषयवस्तुमा सहमति खोज्न प्रमुख प्रतिपक्षी एमालेसहित दलका नेताहरुबाट समय माग भएकोले पुस २४ गतेसम्मका लागि संसद बैठक स्थगित गरिएको उहाले बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline