कास्की जिल्लामा पचास लाख लागतका २० वटा योजना सार्वजनिक

कास्की जिल्लामा पचास लाख लागतका २० वटा योजना सार्वजनिक

  • मङ्लबार, पुस १९, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

पोखरा, १९ पुस ।

सांसद विन्दा राना मगरले कास्की जिल्लामा सांसद क्षेत्र विकास कोषअन्तर्गतका विभिन्न २० वटा योजना सार्वजनिक गर्नुभएको छ ।
नेपाली काँग्रेस क्षेत्र नं ३, कास्कीद्वारा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले आव २०७३÷७४ का लागि विनियोजित रकममध्ये विभिन्न योजनाअन्तर्गत भवन निर्माण तथा मर्मतका लागि रु १६ लाख ५० हजार, ई–गृहिणी साक्षात्कार कार्यक्रमका लागि रु १० लाख, बाटो निर्माणका लागि रु सात लाख ५० हजार, शिक्षातर्फ रु छ लाख छुट्याइएको जानकारी दिनुभयो ।
त्यस्तै सिँचाइ, खानेपानी, पदमार्ग, प्रतीक्षालयलगायतका योजनाका लागि बजेट विनियोजन गरिएको छ ।
लक्षित योजनाको सफलताका लागि स्थानीय उपभोक्ता, नागरिक समाज तथा सम्बद्ध सबै पक्ष र निकायको सकारात्मक सहयोग आवश्यक हुनेमा उहाँले जोड दिनुभयो ।
नेपाली काँग्रेस कास्की क्षेत्र नं ३ का उपसभापति धु्रव रायमाझीले विकास निर्माणका काम सफल र प्रभावकारी बनाउन समाजका प्रत्येक वर्ग र समुदायको जाकरुकता आवश्यक हुने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी