भक्तिलाल श्रेष्ठको परिवारद्वारा विद्यालय भवन निर्माण

भक्तिलाल श्रेष्ठको परिवारद्वारा विद्यालय भवन निर्माण

  • मङ्लबार, पुस १९, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

बागलुङ, १९ पुस ।

स्वर्गीय भक्तिलाल श्रेष्ठका परिवारले उहाँको स्मृतिका बागलुङ सदरमुकाममा रु. २२ लाखको लागतमा स्थत विद्यामन्दिर माध्यमिक विद्यालय भवन निर्माण गरेका छन् ।

विसं १९९७ मा स्थापना भएको विद्यालय भवन भूकम्पले क्षतिग्रस्त बनेपछि स्व श्रेष्ठका नातिहरु विराटकुमार, हरिशङ्कर र नारायणप्रसाद श्रेष्ठका परिवारले तीन कोठे पक्की भवन निर्माण गरेका हुन् ।

लाखौँ रुपैयाँ खर्चेर बनाइएको विद्यालय भवनमा रङ्रोगन मात्र गर्न बाँकी छ । कक्षा कोठा अभावमा पठनपाठन नै प्रभावित बनेपछि भवन निर्माण गरिएको श्रेष्ठका पनाति तीर्थप्रसादले बताउनुभयो ।

पूर्वजको स्मृति र सम्मानमा विद्यालय भवन बनाइएको उहाँको भनाइ छ । भक्तपुरबाट बागलुङ आउनुभएका भक्तिलालका सन्ततिहरु बागलुङलगायत देशका विभिन्न भागमा बसोबास गर्दै आएका छन् । जिजुको नाम र व्यक्तित्व अमर रहोस् भनेर सामाजिक सेवाको क्षेत्रमा योगदान गरिएको श्रेष्ठका खनाति श्रीजय श्रेष्ठले बताउनुभयो ।
श्रेष्ठ परिवारले सोही विद्यालयमा रु सात लाखको कोष खडा गरी हरिलक्ष्मी–नारायणप्रसाद उत्कृष्ट विद्यार्थी पुरस्कार पनि स्थापना गरेको छ । कोषबाट बर्से्नि प्रवेशिका परीक्षा, कक्षा ११ र कक्षा १२ मा उत्कृष्ट हुने विद्यार्थीलाई जनही रु २५ हजारका दरले पुरस्कार प्रदान गर्ने गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ