कञ्चनपुर, १९ पुस । सुदूरपश्चिम विश्वविद्यालयमा विद्यार्थीले झन्डै दुई साता अघि लगाएको ताला आज खुलेको छ ।
आन्दोलनरत विद्यार्थी र विश्वविद्यालय प्रशासनबीच सातबुँदे सहमति भएपछि विश्वविद्यालयको केन्द्रीय कार्यालयमा लगाइएको ताला खोलिएको हो ।
राष्ट्रियस्तरको प्रयोगशाला स्थापना गर्ने, प्रयोगशालाका सामग्री यथाशीध्र व्यवस्थापनका लागि निर्देशकलाई जिम्मेवारी दिने, विज्ञान भवन निर्माणका लागि आगामी आव २०७४÷०७५ को नीति तथा कार्यक्रममा समावेश गर्ने, शैक्षिक क्यालेन्डर बनाई पठनपाठनको कार्यलाई प्रभावकारी बनाउनेलगायतका सातबुँदे सहमति भएपछि ताला खोलीएको बिद्यार्थीहरुले बताएका छन् ।
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको विज्ञान तथा प्रविधि सङ्कायअन्तर्गतको भौतिक शास्त्रका विद्यार्थीले माग अघि सार्दै दुई साता अघि तालाबन्दी गरेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline