काठमान्डौ, पुस १९।
अज्ञात समूहले विराटनगरमा मनि चेन्जर संचालकमाथि गोली हानेर ५ लाख रुपैयाँ लुटपाट गरेको छ ।
विराटनगर १९ स्थित भारतीय सीमा क्षेत्रमा रहेको कृति मनि चेन्जरका संचालक ४० वर्षीय बटेस साहमाथि मोटरसाइकलमा आएका अज्ञात समूहले गएराती गोली प्रहार गरेका हुन् ।
प्रहरीका अनुसार को ११ प २३७४ नम्बर मोटरसाइकल चढेर जोगबनीबाट विराटनगरतर्फ आउँदै गरेका बेला साह माथि दुईवटा मोटरसाइकलमा चढेर आएको समूहले गोली प्रहार गरेको थियो ।
तिघ्रा र पाखुरामा गोली लागी घाइते भएकाका साहको अहिले धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।
आक्रमणमा संलग्न समूहको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline