काठमाडौं । नयाँ शक्ति नेपाल पार्टीले अरुणा रायमाझीलाई पार्टीको प्रचार विभाग सहसंयोजकको जिम्मेवारी दिएको छ । पार्टी संयोजक डा.बाबुराम भट्टराई र केन्द्रीय कार्यालय संयोजक डा.केशवमान शाक्य सहित आज बसेको सम्बन्धित विभागको बैठकले रायमाझीलाई उक्त जिम्मेवारी दिने निर्णय भएको नयाँ शक्ति पार्टीले जनाएको छ ।
त्यस्तै बैठकले सांस्कृतिक विभागको सहसंयोजकमा भने लक्ष्मण शेषलाई ल्याउने निर्णय गरेको छ । नयाँ शक्ति पार्टीका प्रचार विभागका संयोजक खिमलाल देवकोटा रहेको छन् भने सांस्कृतिक विभाग संयोजक भने नायिका करिश्मा मानन्धर रहेकी छिन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline