काठमाण्डौ ,१९ पुस ।
संबिधान संसोधन प्रक्रिया रोक्नु नपर्ने सर्बोच्वको आदेशपछि संसदको अबरोध खुलाउनेबारे छलफल गर्न प्रतिपक्षी दल नेकपा एमालेको एमाले स्थायी समिति बैठक बस्दै समिति बैठक बस्दै छ ।
अध्यक्ष केपि शर्मा ओली निवास बालकोटमा बस्ने बैठकले संबिधान संसोधन बिधेयक प्रक्रियामा लैजान दिने निर्णय गर्ने तयारी गरेको छ ।
संबिधान संसोधनको अधिकार संसदलाई भएको भन्दै सर्बोच्चले संसोधन प्रक्रियालाई रोक्नु नपर्ने आदेश दिएपछि एमालेले जारी अबरोध हटाउन लागेको एमाले सचिव योगेश भट्टराईले जानकारी दिनुभयो ।
सर्बोच्च अदालतको आदेशलाई सम्मान गर्दै आजबाट संसदीय गतिरोध खुल्ला गर्न लागेको बताउनु भयो । एमालेले गत मंसिर १६ गतेदेखि संसद बैठक अबरुद्ध गर्दै आएको छ ।
यसबारे आजै एमालेले अन्य ९ बिपक्षी दलसँग पनि छलफल गरि संयुत्त धारणा बनाउने जनाएको छ । सदनको गतिरोध हटेपनि सडक सघर्ष भने जारी रहने भट्टराईले जानकारी दिनुभयो ।