हेटौँडा–कुलेखानी–मातातीर्थ प्रसारण लाइन आजबाट सञ्चालन हुदै

हेटौँडा–कुलेखानी–मातातीर्थ प्रसारण लाइन आजबाट सञ्चालन हुदै

  • मङ्लबार, पुस १९, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाण्डौ ,१९ पुस ।
१३२ केभी क्षमताको हेटाँैडा–कुलेखानी–मातातीर्थ प्रसारण लाइन आजदेखि सञ्चालनमा आउने भएको छ ।

मकवानपुरको चौकी टोलदेखि कुलेखानी दोस्रो जलविद्युत् आयोजना हुँदै काठमाडौँको मातातीर्थ सम्मको प्रसारण लाइन आज चार्ज गरिने आयोजना प्रमुख केदार सिलवालले जानकारी दिनुभयो ।

सो प्रसारण लाइन चार्ज हुनेबित्तिकै भारतबाट आयात गरिएको विद्युत् काठमाडौँ ल्याउन सहज हुने छ । भारतबाट आयात गरिएको विद्युत् ढल्केबर–हेटौँडा हुँदै काठमाडौँ ल्याउन सो प्रसारण लाइन सहयोगी हुने प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिनुभयो ।
तर मातातीर्थ–स्यूचाटार प्रसारण लाइनमा भने थप १५ दिनपछिमात्रै चार्ज गरिनेछ । उता भारतबाट ल्याइएको विद्युत् काठमाडौँ ल्याउन महत्वपूर्ण ठानिएको अर्को प्रसारण लाइन खिम्ती ढल्केबर प्रसारण लाइन पनि अन्तिम चरणमा पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी