अन्तर्राष्ट्रिय धाविका मीरालाई रु २८ लाखसहित सम्मान गरिने

अन्तर्राष्ट्रिय धाविका मीरालाई रु २८ लाखसहित सम्मान गरिने

  • मङ्लबार, पुस १९, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

दमक, १९ पुस ।

अल्ट्रा म्याराथनकी अन्तर्राष्ट्रिय धाविका मीरा राईलाई रु २८ लाखसहित झापाको दमकमा आउँदो पुस २१ गते सम्मान गरिने भएको छ ।

अल्ट्राम्याराथन खेल क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा नै आफ्नो उचाइ कायम गर्न सफल हुनुभएको भन्दै बेलायतमा कार्यरत आधा दर्जन सङ्घसंस्थाले सम्मान गर्न लागेका हुन् ।

स्थानीय दमक रेडक्रस भवनमा एक कार्यक्रम गरी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवबहादुर विष्टबाट उक्त सम्मान रकम हस्तान्तरण गरिने जनाइएको छ । सोमबार दमकमा सगरमाथा तेक्वान्दो डोजाङले पत्रकार सम्मेलन गरी अल्ट्रा म्याराथनकी धाविका मिराको सम्मानसहितको कार्यक्रम घोषणा गरेको हो ।

पूर्व ब्रिटिस आर्मीसमेत रहेका दमक–१९ निवासी राष्ट्रकुमार राईले मिराले अल्ट्राम्याराथनमा अन्तर्राष्ट्रिय स्तरमा नै नेपालीलाई चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकाले उहाँको खेल क्षेत्रको योगदानलाई सम्मान गर्न लागिएको बताउनुभयो ।

उहाँले कमजोर आर्थिक अवस्था भएकी मीराले राष्ट्रको नाम विश्वसामु चिनाउँदा पनि त्यसको मूल्याङ्कन गर्न नसकेकाले राष्ट्रका लागि केही गर्नुपर्छ भन्ने भएर नै सम्मान गर्न लागिएको बताउनुभयो । बेलायतमा रहेको सगरमाथा तेक्वान्दो डोजाङको पहलमा अन्य चार सहयोगी संस्थाकोे सहयोगमा उक्त रकम दिन लागेको उहाँले जानकारी दिनुभयो ।

मीराको सहयोगका लागि बेलायतमा रहेका किराँत राई यायोख्खा, जेन मार्सल आर्ट एकेडेमी, भोजपुर समाज र नेपाल युथ अर्गनाइजेसनले साथ दिएको जनाइएको छ ।

त्यसैगरी, मीरालाई अल्ट्राम्याराथन खेलमा लाग्नका लागि प्रोत्साहन दिने कराते खेलका प्रशिक्षक धु्र्रवविक्रम मल्ललाई समेत रु दुई लाख नगदसहित सम्मान गर्न लागिएको सगरमाथा तेक्वान्दो डोजाङका मुख्य प्रशिक्षक समेत रहनुभएका राष्ट्रकुमार राईले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी