प्रिमियर लिगमा म्यानचेस्टर युनाईटेड र म्यानेचेस्टर सीटि विजयी

प्रिमियर लिगमा म्यानचेस्टर युनाईटेड र म्यानेचेस्टर सीटि विजयी

  • मङ्लबार, पुस १९, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

एजेन्सी, पुस १९ ।
इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएका खेलमा म्यानचेस्टर युनाईटेड र म्यानचेस्टर सिटी विजयी भएका छन् ।

खेलमा म्यानचेस्टर युनाईटेडले वेष्ट ह्याम युनाईटेडलाई २–० ले हराएको हो । म्यान्चेस्टर युनाईटेडका लागि हुँवा माटा र ज्लातन ईब्राहिमोभिचले एक–एक गोल गरे ।

गएराति नै भएको अर्को खेलमा म्यानचेस्टर सिटीले बर्नलेलाई २–१ ले पराजित गरेको छ । म्यानचेस्टर सिटीको जितमा गेल क्लीसी र सर्जीयो अगुएरोको एक एक गोल गरेका हुन् ।

यो सिजन उत्कृष्ट प्रदर्शन गरिरहेको लिभरपुललाई भने सण्डरल्याण्डले २–२ गोलको बराबरीमा रोकेको छ । गएराती नै भएको अर्काे खेलमा एभर्टनले साउथ ह्याम्पटनलाई ३–० ले हराउँदा वेष्ट ब्रोमले हल सिटीलाई ३–१ ले पाखा लगाएको छ ।

लेष्टर सिटी र मिडिल्सब्रोले भने गोलरतिह बराबरी खेलेका छन् । यस्तै गएरातिका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा १९ खेलबाट ४९ अंक जोडेको चेल्सी शीर्ष स्थानमा कायमै छ ।

एक खेल बढी खेलेका लिभरपुल ४४ अंकसहित दोस्रो तथा म्यान्चेस्टर सिटी ४२ अंकसहित तेस्रो स्थानमा छन।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी