काठमान्डौ पुुस १९।
व्यवस्थापिका संसदको बैठक आज बस्दै छ । बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा दिउसो १ बजेका लागि बोलाइएको छ ।
लगातारको सदन अवरुद्धको बाबजुद पनि बस्न लागेको आजकोे बैठकमा संविधान संशोधन विधेयक र निर्वाचन सँग सम्बन्धित विधेयक प्रस्तुत गर्ने तयारी रहेको संसद सचिवालयले जनाएको छ ।
असन्तुष्ट पक्ष मधेसी मोर्चाको माग संबोधनका लागि भन्दै सरकारले संसदमा दर्ता गरेको संशोधन विधेयक राष्ट्रहित विपरीत भएको भन्दै प्रमुख प्रतिपक्षी एमाले सहित अन्य दलहरुले लगातार सदन अवरुद्ध गर्दै आएको छ ।
तर संशोधन विधेयक खारेजीको माग गर्दै सर्वाेच्च अदालतमा परेको रिटमाथि सर्वाेच्चले संविधान संशोधन विधेयकको क्षेत्राधिकार संसदको भएको भन्दै यसलाई हस्तक्षेप गर्न नहुने फैसला गरेसँगै एमालेले केहि लचकता अपनाउने संकेत गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline