काकडभिट्टा गोल्डकपमा रुपन्देही ११ बिजयी

काकडभिट्टा गोल्डकपमा रुपन्देही ११ बिजयी

  • सोमवार, पुस १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

पुष १८  काँकरभिट्टा/मेची नेत्रालय काँकरभिट्टा गोल्ड कप दोस्रो संस्करण अन्र्तगत आज भएको तेस्रो दिनको खेलमा रुपन्देही ११ विजयी भएको छ ।
काँकरभिट्टा माविको खेल मैदानमा जारी प्रतियोगिता अन्र्तगत आज रुपन्देही ११ र बिआरसी क्लव भुटानबीचको खेलमा ३–१ गोल अन्तरले रुपन्देही विजयी बनेको हो ।
खेलको पहिलो हाफको दोस्रो मिनेटमै रुपन्देहीका जर्सी नम्बर ९ का खेलाडी दीपक राईले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
त्यस्तै खेलको दोस्रो हाफको ७१ औं मिनेटमा रुपन्देहीका दीपक राई पुनः अर्को गोल थपेर जित पक्का गरेका थिए ।
खेलको दोस्रो हाफको ८० औं मिनेटमा बिआरसी भुटानका जर्सी नम्बर ११ का रमेश केसीले सान्त्वना स्वरुप १ गोल फर्काउन सफल भए भने खेलको इन्ज्यूरी थ्रीमा रुपन्देहीका जर्सी नम्बर १९ का लक्ष्मण रुचालले बिआरसी भुटानविरुद्ध थप १ गोल गरेका थिए ।
सो खेलको म्यान अफ दी म्याच घोषित रुपन्देही ११ का दीपक राईलाई मेची नेत्रालयले सौजन्य गरेको ५ हजार रुपैयाँ नगदराशी पुरस्कार स्वरुप नेत्रालयका कार्यालय प्रमुख विकास घिमिरे र प्रतियोगिता आयोजक समितिका सल्लाहकार संयोजक गङ्गालाल गुरुङले संयुक्त रुपमा प्रदान गरेका थिए ।
भोली(मङ्गलबार)को खेल सिएमजी संकटा क्लव र सशस्त्र प्रहरीको एपिएफबीच हुने प्रतियोगिता आयोजक समितिका अध्यक्ष मीनबहादूर बस्नेतले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी