आठौँ टुबोर्ग फाल्गुनन्द गोल्डकपमा सुनसरी विजयी

आठौँ टुबोर्ग फाल्गुनन्द गोल्डकपमा सुनसरी विजयी

  • सोमवार, पुस १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

पाँचथर, १८ पुस । सदरमुकाम फिदिममा जारी आठौँ टुबोर्ग फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको आजको खेलमा इलाभेन एरोज क्लब सुनसरी विजयी बन्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

एरोजले हिमालयन शेर्पा क्लबलाई ३–० गोलअन्तरले पराजित गरेको थियो । सुनसरीको जितमा विदेशी सामसिङले ३० आँै र ६८ औँ मिनेटमा दुई गोल तथा ८३ औँ मिनेटमा पिटरले थप एक गोल गरेका थिए ।

प्रतियोगिताअन्तर्गत मङ्गलबार आयोजक फिदिम स्पोर्टिङ क्लब र फ्रेन्डस क्लब बिआरसी भुटानबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । नेपाल, भारत र भुटानका गरी १० टोली सहभागी प्रतियोगिताका विजेताले रु दुई लाख ५० हजार र उपविजेताले रु एक लाख ७५ हजार प्राप्त गर्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी