संसद बैठक भोलीसम्मका लागी स्थगित

संसद बैठक भोलीसम्मका लागी स्थगित

  • सोमवार, पुस १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

काठमाडौ १८ पौष ।

ब्यावस्थापिका संसदको बैठक भोली सम्मका लागी स्थगित भएको छ । दिउसो १ बजे बसेको बैठकमा सरकारले संसदमा दर्ता गराएको संबिधान संसोधन बिधेयक फिर्ता गर्न माग गर्दै विपक्षी दलले अबरोध गरेपछि अपरान्ह ४ बजेका लागी सारिएको थियो ।

तर संसोधन प्रस्तावका बिषयमा दलहरुबीच सहमती नभएकाले सभामुख ओनसरी घर्तीले सुचना टासेर भोली दिउसो १ बजे सम्मका लागि स्थगित गर्नुभएको हो ।

यसअघि आज दिउसो बसेको बैठकमा एमाले सहितका संसोधन बिधेयकको बिरोधमा रहेका ९ दलका सांसदले विधेयक फिर्ता लिएर निर्वाचनमा जाने वातावरण बनाउन सरकारसँग माग गर्दै अबरोध गरेका थिए ।

बैठक सुरु हुनेबित्तिकै नेकपा मालेकी सांसद कमला बिश्वकर्माले संबिधान संसोधन बिधेयक फिर्ता नलिएसम्म संसद चल्न नसक्ने बताएपछि विपक्षी दलका सांसदहरुले आ–आफ्नो स्थानबाट उठेर संशोधन प्रस्तावप्रति विरोध जनाएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ