राजनीतिक सहमति नभए मुठभेड निम्त्याउँने : अध्यक्ष थापा

राजनीतिक सहमति नभए मुठभेड निम्त्याउँने : अध्यक्ष थापा

  • सोमवार, पुस १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 12.5K
    SHARES

भीमदत्तनगर, १८ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले यथास्थितिमा संविधान संशोधन विधेयक अघि बढाउन खोजे त्यो मुलुकका लागि प्रत्युत्पादक हुने बताउनुभएको छ ।

मिडिया नेपाल, कञ्चनपुरले आज आयोजना गरेको पत्रकार सम्मेललनमा बोल्दै अध्यक्ष थापाले राजनीतिक सहमति कायम गरेरमात्रै अघि बढ्न प्रमुख राजनीतिक दलहरुलाई आग्रहसमेत गर्नुभयो ।

राजनीतिक सहमति नभए मुठभेड निम्त्याउँने भन्दै उहाले मधेसी मोर्चाका जायज माग सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँँले संविधान कार्यान्वयनमा राप्रपाको सकारात्मक र रचनात्मक भूमिका निभाउने बताउनुभयो । संसद् अवरोध अन्त्य हुनुपर्ने बताउँदै उहाँले तीनवटै तहको निर्वाचनमा सरकार र दलहरु लाग्नुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी पत्रकार सम्मेलनमा बोल्दै राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर राणाले स्थानीय निकायको निर्वाचन नभए संविधानले पूर्णता नपाउने भन्दै सरकारको ध्यान निर्वाचनमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ