नेपाल चौथो साफ महिला फुुटबलको सेमिफाईनल चरणबाटै बाहिरियो

नेपाल चौथो साफ महिला फुुटबलको सेमिफाईनल चरणबाटै बाहिरियो

  • सोमवार, पुस १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमान्डौ पुस १८।
नेपाल चौथो साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाईनल चरणबाटै बाहिरिएको छ ।

भारतको कञ्जनजंगा रंगशालामा आज सम्पन्न खेलमा भारतसँग १– ३ गोल अन्तरले पराजित हुदै नेपाल सेमिफाईनल चरणबाट बाहिरिएको हो ।

यसअघिका तीनै खेलमा अपराजित रहदै सेमिफाईनल पुगेको नेपाललाई आज भारतले निक्कै दबाबमा राखेको थियो । खेलको पहिलो हाफ्मा नै भारतले नेपाल बिरुद्ध एक गोल गरेको थियो भने दुई गोल दोस्रो हाफमा गर्यो ।

भारतका लागि पहिलो गोल खेलकोे ४४ औं मिनेटमा कमलादेबीले गरिन् । यस्तै ५८ मिनेटमा ईन्दुमति र ८३ औ मिनेटमा सस्मिता मल्लिकले गोल गरे ।

नेपालका लागि ७५ औ मिनेटमा सावित्रा भण्डारीले एक गोल फर्काईन । यसअघि भएका तीन प्रतियोगितामा नेपालई फाईनलमा भारतसँग पराजित हुदै उपविजेतामा सिमित बनेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी