दिगो विकास गर्न सहकारी मेरुदण्ड सावित हुने : मन्त्री महरा

दिगो विकास गर्न सहकारी मेरुदण्ड सावित हुने : मन्त्री महरा

  • सोमवार, पुस १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौँ, १८ पुस ।

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले ठूलो पुँजीले भन्दा स–सानो पुँजीको एकीकरणबाट दिगो विकास गर्न सहकारी मेरुदण्ड सावित हुने धारणा राख्नुभएको छ ।

राष्ट्रिय सहकारी सङ्घले आयोजना गरेको राष्ट्रिय कार्यशाला गोष्ठीलाई संबोधन गर्दै मन्त्री महराले सरकारी, सहकारी र निजी क्षेत्रको संयुक्त प्रयत्नबाट मुलुकको विकास गतिशील हुने बताउनुभयो ।

उहाँले नेपालको संविधानले सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता र स्वतन्त्र विकासमार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्ने परिकल्पना गरेको भन्दै त्यसलाक्ष्ई पुरा गर्न सबैको हातेमालो आवश्यक हुने बताउनु भयो ।

यस्तै रक्षामन्त्री बालकृष्ण खाँणले सहकारी अगुवासँग व्यवस्थापकीय क्षमता, लगनशीलता र अर्थको राम्रो समायोजन गर्न सक्ने सीप र दक्षता भएकाले उनीहरुलाई स्थानीय निकायको जिम्मेवारी दिदा राम्रो हुने धारणा राख्नुभयो ।

नेपाली राजनीतिमा शुद्धीकरणको अभियन्ता सहकारीकर्मीहरु भएको भन्दै उहाँले शान्ति, समृद्धि र गाउँको विकासका लागि संस्थाको अग्रणी भूमिका रहेको चर्चा गर्नुभयो ।

सहकारी सङ्घका अध्यक्ष केशव बडालले सहकारीमा सुशासन कायम गरी संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्य प्राप्तिका लागि नेपालका सहकारीको भूमिका कस्तो रहनुपर्छ भन्ने बोध गराउने उद्देश्यले कार्यशाला आयोजना गरिएको बताउनुभयो ।

आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि सहकारी’ भन्ने अभियानका साथ सुरु भएको उक्त कार्यशाला दुई दिनु सम्म सन्चालन हुनेछ । गोष्ठीमा मुलुकभरिका विभिन्न क्षेत्रका विषयगत सहकारी संस्थाका ३०० प्रतिनिधिको सहभागिता छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी