काठमाडौ १८ पौष ।
सरकारले ल्याएको संविधान संशोधन विधेयकमा सहमति जुटाउन बसेको प्रमुख तीन दलको बैठक आज पनि निष्कर्षबिहिन बनेको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहान बसेको बैठकमा प्रतिपक्षी दल एमालले संशोधन प्रस्ताव फिर्ता नभएसम्म सदन सन्चालन हुन नदिने अडान कायम राखेपछि बैठक बिना निष्कर्ष सकिएको हो ।
बैठकमा सत्ता पक्ष दलहरुले प्रमुख प्रतिपक्षी दल एमालेलाई अवरुद्ध संसद् खोल्न गरेको आग्रहलाई एमालेले अस्वीकार गर्दै संशोधनको प्रस्ताव संसद्बाट फिर्ता लिन माग गरेको थियो ।
बैठकपछि प्रधानमन्त्री एवम् माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र काँग्रेस सभापति शेरबहादुर देउवाले सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै सहमतिको प्रयास जारी रहेकाले छिट्टै निकास निस्कने आशा व्यक्त गर्नुभयो ।
यस्तै, एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दलको अडान यथावत् रहेको जानकारी दिँदै सरकारले संशोधनको प्रस्ताव फिर्ता लिनेबित्तिकै संसद्को अबरोध हटेने बताउनु भयो ।
काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सहमतिको प्रस्ताव अघि बढाउने सम्बन्धमा टुङ्गो लागिनसकेको बताउँदै सहमतिका लागि वार्ता जारी रहने बताउनु भयो ।
प्रस्ताव संसद्मा टेबल हुने या नहुने भन्ने बिषय सभामुखको कुरा भएको प्रतिक्रिया दिनुभयो ।
एमाले उपाध्यक्ष वामदेव गौतमले सत्तापक्षबाट अवरोध भएको बताउँदै प्रस्ताव फिर्ता लिए वा स्थगन गरे एमालेबाट भएको अवरोध हट्ने जानकारी दिनुभयो ।
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गतिरोध अन्त्यका लागि सहमतिको प्रयास जारी राख्ने निर्णय गरेको बताउनुभयो । उहाले सरकारले प्रतिपक्षी दलसँग मुठभेठ नचाहेको भन्दै अझै छलफल र सहमतीकै आधारमा संसोधन प्रस्ताव टुङग्याईने बताउनु भयो ।
जबरजस्ती संोधन प्रस्ताव पारित गराउन तर्फ सरकार नलाग्ने स्पष्ठ पादै नेता श्रेष्ठले प्रतिपक्षी सँग मुठभेठ गरेर नभई सहमतीमा नै अघी बढ्न चाहेकाले फेरी पनि छलफल जारी रहने बताउनु भयो ।
सन्चारकर्मीको जिज्ञासमा श्रेष्ठले सरकारले सभामुखलाई प्रस्ताव टेबल गर्न आग्रह नगरेको स्पष्ठ पार्दै भन्नुभयो ,सो बिषयमा उहाको क्षेत्राधिकारभित्र पर्ने भएकाले अरु प्रक्रियाका बारेमा संसद्को स्थिति हेरेर सभामुखले अघि बढाउनुुहोला ।