गुरु गोविन्दसिंहको जन्मजयन्तीमा सहभागी हुन भारत जादै

गुरु गोविन्दसिंहको जन्मजयन्तीमा सहभागी हुन भारत जादै

  • सोमवार, पुस १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाडौँ, १८ पुस । शिख धर्मका विशिष्ट गुरु गोविन्दसिंहको ३५०औँ जन्मजयन्ती मनाउन नेपालबाट करिब २०० अनुयायीलाइ भोली भारत जादै छन् ।

गोविन्दसिंहको जन्मस्थान भारतको पटनामा नेपाली शिख धर्मावलम्बीलाई सामूहिक रुपमा दर्शन गराउन श्री गुरु नानक संत्सग, श्री गुरु नानक सेवा प्रतिष्ठान सोध केन्द्रले संयुक्तरुपमा उनीहरुलाई लैजान लागेको हो ।

उहाको यही पुस २१ गते जन्मजयन्ती परेकाले त्यसका लागि भोलि(मङ्गलबार) अनुयायीलाई त्यसतर्फ लगिन लागिएको छ ।

ऐतिहासिक, धार्मिकस्थलका रुपमा रहेका उक्त जन्मस्थान नेपाली अनुयायीलाई अध्ययन तथा अनुसन्धानका लागि लान लागिएको हो ।

समाजमा शान्ति, सद्भाव तथा धर्म रक्षाका लागि मार्ग दर्शन गर्नुभएका नानक धर्मका दशौँ गुरु गोविन्दसिंहले मानव कल्याणका लागि सनातन धर्मको रक्षा र सबै धर्मलाई सद्भाव राख्न प्रेरित गर्नुभएको श्री गुरु नानक सेवा प्रतिष्ठान सोध केन्द्रका अध्यक्ष जसपाल सिंहले जानकारी दिनुभयो ।

ती धर्मावलम्बीले गुरुको जन्मजयन्तीलाई प्रकाश उत्सवका रुपमा मनाउने र सो ऐतिहासिक स्थलमा पुगेर उहाँलाई स्मरण गरेमा पुण्य प्राप्त हुने विश्वास राखेका छन् । गुरुले मानव सेवा र धर्म प्रचारमा कार्य गर्दा गर्दै ४२ वर्षको उमेरमा संसार छाड्नुभएको श्री गुरु नानक संत्सगका अध्यक्ष भजन सिंहले बताउनुभयो ।
सो धर्मका संस्थापक गुरु नानक हालको पाकिस्तानमा ५४७ वर्ष अगाडि जन्मनुभएको बताइएको छ । काठमाडौँको कुपण्डोल, बालाजु, पशुपतिनाथको मन्दिर नजिकै पुराना गुरुद्वार छन् । नेपालमा शिख धर्मावलम्बीलाई अल्पसङ्ख्यकका रुपमा लिइएको छ । उनीहरूको जनसङ्ख्या करिब सात हजार रहेको बताइएको छ ।

विशेषगरी नेपालमा यातायातका क्षेत्रमा सुरुदेखि काम गरेका शिख धर्मका अनुयायी अहिले विभिन्न व्यवसाय तथा नोकरीमा आबद्ध छन् । उनीहरूले विभिन्न समयमा सामाजिक सेवा गर्दै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ