पिकनीक मनाएर फर्केको बस दुर्घटना हुदाँ २ जनाको मृत्यु, ५४ घाइते

पिकनीक मनाएर फर्केको बस दुर्घटना हुदाँ २ जनाको मृत्यु, ५४ घाइते

  • सोमवार, पुस १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

बारा, पुस १८ ।
बाराको पथलैया नजिक दुधौरा पुलमा गएरातीे बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । ५४ जना घाईते भएका छन् ।

दुर्घटनामा परी मृत्यु हुनेमा सर्लाही चिसापानी गाविस १ बस्ने १८ वर्षीय रबिना बैजु र सोही गाविस ५ बस्ने १९ वर्षीय संदेश बस्नेत रहेका छन् ।

नयाँ वर्षको अवसरमा हेटौंडाको सहिद स्मारकमा पिकनिक मनाएर फर्कदै गर्दा सर्लाहीको परबानीपुर गाविसस्थित श्री डिम जनता उच्च माविका बिद्यार्थीहरु चढेको ना ३ ख ७६६८ नंम्बरको बस दुर्घटना भएको हो ।

घाईते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । घाइतेहरुको बिरगंज स्थित गण्डक हेल्थ केयर, विरगञ्ज हेल्थ केयर, नेशनल मेडीकल कलेज र सिमरास्थित तराई हस्पिटलमा उपचार भैरहेको छ ।

बसमा सिट क्षमता भन्दा बढी विद्यार्थी सवार रहेकाले चालकले गती नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । ३५ जनाको क्षमता रहेको उक्त बसमा ८५ जना विधार्थी सवार रहेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ