संशोधन विधेयकविरुद्ध परेको रिटमाथि आज सरकार पक्षले बहस गर्ने

संशोधन विधेयकविरुद्ध परेको रिटमाथि आज सरकार पक्षले बहस गर्ने

  • सोमवार, पुस १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमान्डौ पुस १८।
सीमांकन हेरफेर गर्ने गरी सरकारले व्यवस्थापिका संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकविरुद्ध सर्बोच्चमा परेको रिटमाथि आज पनि सुनुवाई हुदैछ ।

प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश ईश्वर खतिवडाको इजलासले हिजो उक्त रिटमाथिको सुनुवाइ नसकिएपछि आजका लागि सारेको हो ।

अधिवक्ता टीकाध्वज खड्काले संसदमा संशोधन प्रस्ताव दर्ता हुनुअघि नै त्यसलाई रोक्न र दर्ता भैसकेपछि बदर गर्न माग गर्दै दुई छुट्टाछुट्टै रिट दायर गर्नुभएको थियो ।

दुवै रिटमाथि हिजोबाट बहस सुरु भएको छ । रिटमा आज सरकार पक्षले बहस गर्ने छ । यसमा पूर्व सांसद मञ्चले दिएको रिट पनि सँगै राखेर हेरिएको छ।

तीनै रिट पक्षका वकिल वरिष्ठ अधिवक्ता शम्भु थापा, अधिवक्ता टीकाराम भट्टराई, रमेश बडाल र विजय मिश्रले बहस गर्नु भएको थियो ।

खड्काले सीमांकन हेरफेर गर्ने अधिकार यो संसदलाई नभएको जिकिर गर्दै संविधान संशोधनविरुद्ध रिट दायर गर्नु भएको थियो । प्रदेशको सीमांकन फेर्ने क्षेत्राधिकार प्रदेश सभाको मात्रै भएको रिटमा उल्लेख छ ।

यसअघि न्यायाधीश जगदीश शर्मा पौडेलको इजलासले प्रदेश सीमांकन संशोधन गर्ने गरी गरिएको संशोधन विधेयक दर्ताको कारण सरकारसँग मागेको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ