एमाले सांसदहरु सदनमा प्रस्तुत हुने रणनिति तय गर्दै

एमाले सांसदहरु सदनमा प्रस्तुत हुने रणनिति तय गर्दै

  • सोमवार, पुस १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौ १८ पौष ।  

संसदमा प्रस्तुत हुने रणनिति तय गर्न प्रमुख प्रतिपक्षी नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ । मध्यान्न १२ बजे बस्ने बैठकमा संविधान संशोधन विधेयक सदनमा पेश हुन नदिन अपनाउन सकिने रणनितिबारे छलफल हुने जनाइएको छ ।

संशोधन विधेयक फिर्ता गर्नुपर्ने माग गर्दै सदनमा आन्दोलनरत विपक्षी मोर्चाको नेतृत्व गरेको एमालेले आजको बैठकमा प्रमुख दलहरुबीच पछिल्लो समय भएको वार्ताको समिक्षा गर्दै भावी रणनिति तय गर्ने जनाएको छ ।

एक महिना लामो सदन अवरोधका कारण महाअभियोग प्रस्ताव लगायत निर्वाचन सम्बन्धी विभिन्न विधेयकहरु समेत अलपत्र परेपछि एमालेले आजको बैठकबाट आन्दोलनका कार्यक्रममा केही लचकता अपाउने तयारी गरेको एमाले प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिनुभयो ।

यद्यपी प्रमुख तीन दलका शिर्ष नेता सम्मिलित बैठकको निर्णयका आधारमा आगामी रणनिति तय गरिने ढकालले बताउनु भयो । एमाले सहितका ९ विपक्षी दलको हिजो भएको छलफलमा संविधान संशोधन विधेयकलाई असफल पार्ने सहमति बनेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ