प्रिमियर लिगमा आर्सनल र टोटनह्याम विजयी

प्रिमियर लिगमा आर्सनल र टोटनह्याम विजयी

  • सोमवार, पुस १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

एजेन्सी, पुस १८ ।
इङ्लिश प्रिमियर लिग फुटबल अन्तर्गत गएराती भएका खेलहरुमा आर्सनल र टोटनह्याम हट्सपर विजयी भएका छन् ।

आफ्नै मैदानमा भएको खेलमा आर्सनलले क्रिष्टल प्यालेसलाई २–० ले हराएको हो । खेलमा आर्सनललाई विजयी गराउन ओलिभर जिरु र अलेक्स ईओबीले एक एक गोल गरे ।

जितसँगै आर्सनल अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । प्रिमियर लिग अन्तर्गत गएराती भएको अर्को खेलमा टोटनह्याम हट्सपरले वाट्फोर्डलाई ४–१ ले हराएको छ ।

खेलको पहिलो हाफमै चार गोल गरेको टोटनह्यामका लागि ह्यारी केन र डेले अलीले दुई दुई गोल गरेका थिए । दोस्रो हाफको ईन्जुरी समयमा वाट्फोर्डका योनुस काबुलले एक सान्तवना गोल फर्काएका हुन् ।

गएरातीका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा ४९ अंक जोडेको चेल्सी शिर्ष स्थानमा छ । ४३ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा रहँदा ४० अंकको साथ आर्सनल तेस्रो स्थानमा उक्लिएको छ ।

चौथो स्थानको टोटनह्याम हट्सपरको ३९ अंक छ भने समान ३९ अंक जोडेको म्यान्चेस्टर सिटी पाँचौ स्थानमा झरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी