दुई युवतीलाई मुम्बईको बेस्यालयमा बेचेको आरोपमा २३ वर्ष पछि अभियुक्त पक्राउ

दुई युवतीलाई मुम्बईको बेस्यालयमा बेचेको आरोपमा २३ वर्ष पछि अभियुक्त पक्राउ

  • आइतवार, पुस १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

काठमाडौँ, १७ पुस । दुई युवतीलाई २३ वर्षअघि भारतमा लगि वेश्यालयमा बेच्ने कार्यमा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

जिउ मास्ने बेच्ने मुद्दामा पुनरावेदन अदालत पाटनको २०५८ असोज १७ गतेको फैसलाले पाँच वर्ष कैद हुने ठहर भई सजाय नभोगी फरार रहेका मकवानपुर पदमपोखरीका ४३ वर्षीय  ल्वाङ लामालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोलीले मकवानपुरबाट पक्राउ गरेको हो ।

ब्युरोले पक्राउ गरी फैसला कार्यान्वयनका लागि मकवानपुर जिल्ला अदालतमा पेस गरेकामा अदालतको आदेशले कैद भुक्तानको लागि आज भीमफेदी कारागार मकवानपुरमा पठाएको ब्युरोले जनाएको छ । विसं २०५० भदौ महिनामा कुपण्डोलस्थित गलैँचा कारखानामा काम गर्ने दुई युवतीलाई लामासहित प्रतिवादी गोपाल स्याङ्तान र ज्ञानु भन्ने तितुङ तामाङले बस चढाई भारतको मुम्बईस्थित वेश्यालयमा पु¥याई बेचेका थिए ।

प्रतिवादी स्याङ्तानले दुईमध्ये एक युवतीलाई विवाह गर्छु भनी झुक्याई साथै अर्की युवतीलाई समेत लगि भारु ५० हजारका दरले बेचेका थिए । आफूले श्रीमती बनाई ल्याएकी युवतीको बिक्रीबाट आएको भारु ५० हजार रकम प्रतिवादी स्याङ्तान एक्लैले लिएको र बाँकी भारु ५० हजार तीनैजना प्रतिवादीहरुले खर्च कटाई भागबन्डा गरी लिएको अनुसन्धानबाट खुल्न आएको ब्युरोले जनाएको छ ।

काठमाडौं जिल्ला अदालतबाट धरौटी तारेखमा छुटेका प्रतिवादी लामा फैसलापछि फरार रहेकामा हाल पक्राउ परेका हुन् ।

यसैबीच ब्युरोले चोरी मुद्दामा मकवानपुर जिल्ला अदालतको २०७२ जेठ २८ गतेको फैसलाले ११ वर्ष आठ महिना ३० दिन कैद तथा रु सात लाख ९८ हजार १४४ जरिवाना हुने ठहर भई उक्त सजाय भुक्तान नगरी हालसम्म फरार रहेका हेटौँडा उपमहानगरपालिका बस्ने चिम्पान भन्ने २४ वर्षीय सुरज श्रेष्ठलाई यही पुस १४ गते सानोभ¥याङ काठमाडौँबाट पक्राउ गरेको छ ।

पक्राउपछि फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरेकामा अदालतको आदेशले कैद भुक्तानका लागि केन्द्रीय कारागार काठमाडौँमा पठाइएको  छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ