काठमाण्डौं पुष १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज वान टु वान वार्ता भएको छ ।
सो वार्ताका क्रममा सरकारले सविधान शसोधन प्रस्ताव सदनमा पेश गरेर निर्वाचनको घोषणा गर्ने तयारी गरेकाले सहयोग गर्न प्रधानमन्त्री दाहालले आग्रह गर्नु भएको थियो ।
तर प्रतिपक्षी दलका नेता ओलीले सविधान शसोधन प्रस्तावका लागि सदन खोल्न नसकिने तर निर्वाचन विधेयक अघि बढ्ने भएमा भने सदन खोल्न तयार रहेको बताउनु भएको थियो ।
सविधान कार्यन्वयनका लागि मधेशी मोर्चा सहित अन्य दलहरुको मागको पनि सवोधन जरुरी रहेकाले ससोधन प्रस्ताव ल्याएको भन्दै प्रधानमन्त्री दाहालले यसमा सघाउन अनुरोध गरे पनि ओलीले यसलाई अस्वीकार गरेको बुझिएको छ । दुई नेताबीच यस विषयमा थप छलफल गर्ने कुरा भए पनि सदन खोल्ने विषयमा सहमति भने नभएको बताईएको छ । यस भेटबारे औपचारीक रुपमा केही बताईएको छैन ।