फोर जी सेवा सुरु , *444# डायल गरी सेवा एक्टिभ गर्न सकिने

फोर जी सेवा सुरु , *444# डायल गरी सेवा एक्टिभ गर्न सकिने

  • आइतवार, पुस १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौ १७ पौष । 

मुलुकको एकमात्र सरकारी दूरसन्चार सेवा नेपाल टेलिकमले आइतबार बाट चौथो पुस्ताको मोबाइल सेवा ‘फोर जी’ सुरु गरेको छ ।

सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले  एक कार्यक्रमबीच फोर जी सेवाको शुभारम्भ गरेका हुन् । टेलिकम नेपालमा पहिलोपटक फोरजी सेवा सुरु गर्ने दूरसञ्चार कम्पनी हो ।

टेलिकमले थ्री जी सेवाकै महसुल दरमा हाललाई फोर जी सेवा दिने जनाएको छ । पोस्टपेड मोबाइल सेवाका ग्राहकले भने यही जनवरी महिनाभित्र चार दिनका लागि चार जीबी डाटा सित्तैमा पाउनेछन् ।

फोर जी सेवा चल्ने मोबाइल सेटबाट ग्राहकले *444# डायल गरी फोरजी सेवा एक्टिभ गर्न सक्ने नेपाल टेलिकम वायरलेस निर्देशनालयका प्रमुख अशोककुमार थापाले जानकारी दिए ।

टेलिकमले पहिलो चरणमा आजदेखि काठमाडौ उपत्यका र पोखरामा यो सेवा सुचारु गरेको छ । त्यसपछि क्रमशः देशका प्रमुख शहरहरुमा पनि विस्तार गर्दै लैजाने टेलिकमले जनाएको छ ।

विश्व चर्चित दूरसन्चार कम्पनी टेलियासोनेराले सन् २००९ मा नर्वेको ओस्लोमा पहिलो पटक व्यवसायिक रुपमा फोर जी सेवा सुरु गरेको थियो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी