ताप्लेजुङमा वन रक्षक शाहीको खुकुरी प्रहार गरी हत्या

ताप्लेजुङमा वन रक्षक शाहीको खुकुरी प्रहार गरी हत्या

  • आइतवार, पुस १७, २०७३
  • आलोक माबोहाङ् लिम्बु

  • 17.1K
    SHARES

१७ पौष, ताप्लेजुङ ।

ताप्लेजुङको खोक्लिङमा जाजरकोट निवासी एक वन रक्षकको खुकुरी प्रहार गरी हत्या भएको छ ।
नियमित तालिका अनुसार, बाहिर काममा खटेको अवस्थामा खोक्लिङ ८, ओईराखुमा आज बिहान जाजरकोट निवासी वन रक्षक गणेश बहादुर शाहीको स्थानीय सबिन लिम्बूले खुकुरी प्रहार गरी हत्या गरेको बताईएको छ ।
पानीको मुहान बिवाद हुँदा वन रक्षक शाहीलाई खुकुरी प्रहार गरी टाउको छिनाएर लिम्बूले टाउको लिएर फरार भएको स्थानीयले बताए ।
यता जिल्ला वन कार्यालयका कर्मचारी दान बहादुर श्रेष्ठले सामुदायिक वन कोषाध्यक्ष हरिलाल पन्तको घरमा घटना भएको र लिम्बूले शाहीको टाउको छिनाई लिएर फरार भएको भन्ने पुष्टी नभएको बताए ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ प्रमुख राम बहादुर केसीले घटनाको पुष्टी भए पनि विस्तृत जानकारी आउन बाँकी रहेको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ