नख्खु कारागार सात सय ५० जना क्षमताको बन्ने

नख्खु कारागार सात सय ५० जना क्षमताको बन्ने

  • आइतवार, पुस १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 16.7K
    SHARES

ललितपुर, १७ पुस । नख्खु कारागार सात सय ५० जना क्षमताको बन्ने भएको छ । अहिले सञ्चालनमा रहेका कम्युनिटी रिह्याब सेन्टर (सिआरसी) र ड्रग्स रिह्याबिटेसन सेन्टर (डिआरसी)सय ५० क्षमताका पुनःनिर्माण हुने भएको छ ।

गत वर्षदेखि सञ्चालनमा आएको नयाँ भवनको क्षमता एक सय २५ जनाको छ । एक सय जना क्षमताको महिला कारागारको निर्माणसमेत अघि बढेको कारागार प्रमुख टेकबहादुर केसीले बताउनुभयो । उहाँले भन्नुभयो, “निर्माण भइरहेका र हुने क्रममा रहेका भवनको निर्माणपछि यहाँको क्षमता बढ्दै छ । अघिल्लो वर्ष नयाँ भवन नबन्दासम्म कारागार एक सय ५० जना क्षमताकोे थियो ।”

कारागारमा अहिले छ सय ५५ कैदीबन्दी छन् । मुलुकका अन्य स्थानका कारागारभन्दा सो कारागार अहिले पनि सुविधासम्पन्न भएको प्रशासनको जिकिर छ । अरु कारागारबाट समेत कैदीबन्दी नख्खु कारागारमै सर्नका लागि पहल गर्छन् । अरु जिल्लाका कारागारमा बसेर आएका आन्तरिक प्रशासनका कर्मचारी नख्खु कारागार अरु स्थानका कारागारभन्दा सहज र राम्रो वातावरण भएको बताउँछन् ।

उनीहरु भन्छन्, “अरु ठाउँमा भन्दा बस्न पनि सहज छ र अरु आवश्यक कुरा पनि उपलब्ध छन् ।” भूकम्पका कारण कारागार कार्यालय, सिआरसी र डिआरसी ब्लकमा क्षति पुगेको थियो । कार्यालय भुइँतले भवन बनाएर सारिएको छ ।

दुई तलामा रहेका सिआरसी र डिआरसी ब्लकका कैदीबन्दी अहिले तल्लो तलामा मात्रै बस्दै आएको लेखा अधिकृत मित्रलाल शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “माथिल्लो तलामा बस्न नमिलेपछि अरु कैदीबन्दी पालमा बस्दै छन् ।” झन्डै एक सय कैदीबन्दी पालमुनि सुत्दै आएका छन् ।

झन्डै पाँच सयको हाराहारीमा कैदीबन्दी हुने गरेकामा नयाँ भवन बनेपछि त्यो सङ्ख्या बढेको छ । नयाँ भवनको सरकारी नियमअनुसारको क्षमता एक सय १५ भए पनि दुई सयभन्दा बढी कैदीबन्दी बसिरहेका छन् ।

जिल्ला अदालत ललितपुरबाट फैसला भएका निर्णयका आधारमा वा अन्य जिल्लाबाट सो कारागारमा कैदीबन्दी यहाँ आइरहेका छन् । मानसिक अस्पताल ललितपुरमा हुनाले गर्दा पनि जिल्लाबाट मानसिक रोगी कैदीबन्दी सरुवा भएर आउने गरेका छन् ।

कारागारमा अहिले मानसिक रोगको अस्पताल बन्ने प्रक्रियासमेत सुरु भएको छ । कारागार प्रमुख केसी भन्नुहुन्छ, “अस्पताल बनेपछि कैदीबन्दीको सङ्ख्या अझै बढ्नेछ ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ