दाङ, १७ पुस ।
नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले संविधान संशोधनभन्दा संविधान कार्यान्वयन महत्वपूर्ण रहेकाले सरकारलाई त्यसतर्फ लाग्न सुझाव दिनुभएको छ ।
दाङमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाले पहिला राष्ट्रिय सहमति गरेर मात्र संविधान संशोधन गरिनुपर्ने धारणा राख्नुभयो ।
संविधान कार्यान्वयनको साटो सरकारले संशोधनलाई प्रमुख ठानेका कारण मुलुकमा असहज परिस्थति सिर्जना भएको उहाको आरोप छ ।
तराईको उर्वराभूमि, पहाडको पानी र हाम्रो आनीबानी मिलेकाले तराई र पहाडलाई छुट्याउन हुँदैन नहुने भन्दै रायमाझिले प्रदेश टुक्राउने प्रस्ताव स्वीकार गर्न नसकिने बताउनु भयो ।
अर्को प्रसङ्गमा उहाँले दाङलाई राष्ट्रिय राजधानी बनाउनुपर्ने विचार पनि व्यक्त गर्नुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline