विपक्षी २ सय सांसद दही जमाएर बस्दैनन् : पोखरेल

विपक्षी २ सय सांसद दही जमाएर बस्दैनन् : पोखरेल

  • आइतवार, पुस १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौं, पुस १७ ।

एमाले महासचिव ईश्वर पोखरेलले एमालेको अबरोधका बीच संबिधान संसोधन विधेयक अगाडि बढाउन सरकारलाई चुनौति दिनुभएको छ ।

प्रेस चौतारी नेपाल काठमाडौं शाखाले आज राजधानीमा गरेको कार्यक्रममा बोल्दै उहाले संशोधन विधेयक संसदमा टेबुल गर्न नदिने अडान दोर्होयाउनु भयो ।

सरकारले संसदको सोमबारको बैठकमा संशोधन टेबुल गर्ने दाबी गरिरहेकाबेला पोखरेलले भन्नुभयो, ‘ अवान्छित ढंगले कसरी टेबुल हुन्छ, एमालेले हेर्छ ।’

सभामुखले दलहरुलाई सहमति वा प्रक्रियामा सहमति गर्न गरेको आग्रहलाई सकारात्मक रुपमा लिएको भन्दै उहाल तर जबरजस्ती विधेयक टेवल गर्न खोजीए एमाले चुप लागेर नबस्ने चेतावनी दिनुभयो ।

संविधानको किटानी व्यवस्था कायम रहुञ्जेल संशोधन प्रस्ताव छलफल लैजान नदिने दाबी गर्दै महासचिव पोखरेलले भन्नुभयो , संशोधन संविधान र राष्ट्रहितविपरीत रहेकाले ‘विपक्षी २ सय सांसद दही जमाएर बस्दैनन्’

असंवैधानिक विषयलाई संसदमा एकपटक छलफल गर्न दिने हो भने फेरि पटक–पटक यस्तै कुरा आउने पोखरेलको भनाइ छ ।

निर्वाचनका लागि एमालेले सहयोग गर्न तयार रहेको उल्लेख गर्दै उहाले प्रस्ताव फिर्ता लिएर चुनावको मिति घोषणा गर्न आग्रह गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ