जनप्रदर्शनलाई व्यवस्थित गर्न ५ सय स्वयंसेवक परिचालन

जनप्रदर्शनलाई व्यवस्थित गर्न ५ सय स्वयंसेवक परिचालन

  • आइतवार, पुस १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

१७ पुस, काठमाडौं ।
विपक्षी दलले संबिधान संसोधन बिधेयकको बिरोधमा यहि पुस २२ गते आयोजना गर्न लागेको जनप्रदर्शनलाई व्यवस्थित गर्न नेकपा एमालेले ५ सय स्वयंसेवक परिचालन गर्ने भएको छ ।

महासचिव ईश्वर पोखरेलको अध्यक्षमा आज बसेको एमाले केन्द्रीय कार्यालयको बैठकले जनपरिचालनलाई व्यवस्थित गर्न स्वयंसेवक खटाउने निर्णय गरेको हो ।

सरकारले ल्याएको संविधान संशोधन प्रस्तावको विरोधमा एमाले सहित ९ विपक्षी दलले काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शन गर्दैछ । जनप्रदर्शन तथा त्यसको प्रचारप्रसारलाई मर्या्दित र व्यवस्थित बनाउने एमालेले जनाएको छ ।

बैठकले सांसदहरुलाई आ(आफ्ना जिल्ला कमिटी, सम्पर्क कमिटी र मञ्चहरुसँग समन्वय गरेर तयारीमा जुट्न निर्देशन दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ