आजदेखि कपिलवस्तुका सबै सामुदायीक बिद्यालय १५ दिन बन्द

आजदेखि कपिलवस्तुका सबै सामुदायीक बिद्यालय १५ दिन बन्द

  • आइतवार, पुस १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

कपिलवस्तु, १७ पुस ।

लगातारको शीतलहर र चिसोका कारण कपिलवस्तुका सबै सामुदायिक विद्यालय १५ दिनका लागि बन्द गरिएको छ ।

विद्यालयमा आउने बिद्यार्थीलाई न्यानो कपडाको अभावमा चिसोले बिभिन्न समस्या आउन थालेपछि आजदेखि विद्यालय बन्द गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

सो क्षेत्रका सामुदायीक बिद्यालयमा आउने बिद्याथीहरु विपन्न, दलित र सर्वसाधारणका बालबालिका अधिक सङ्ख्यामा रहेका छन् ।

विद्यालयको वार्षिक पात्रोअनुसार वर्षे बिदामा कट्टी हुने गरी १५ दिनका लागि विद्यालय बन्द गरिएको जिल्ला शिक्षा अधिकारी हरि गौतमले बताउनुभयो ।

केही दिनयता जिल्लामा दिनभर हुस्सु लाग्ने, शीत पर्ने र जाडो बढ्दै गएपछि सर्वसाधाणको जनजीवन पनि प्रभावित बनेको छ ।

जाडोका कारण सेवाग्राहीको सरकारी कार्यालयमा उपस्थिति न्यून देखिएको छ । त्यस्तै तौलिहवा अस्पतालमा निमोनिया श्वासप्रश्वासका समस्या देखिएका बालबालिका र वृद्धवृद्धाको चाप बढेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी