रामचन्द्र यादव काँग्रेस सिरहाको सभापतिमा विजयी

रामचन्द्र यादव काँग्रेस सिरहाको सभापतिमा विजयी

  • आइतवार, पुस १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

लहान, १७ पुस ।
सिरहा क्षेत्र नं ४ का सांसद रामचन्द्र यादव नेपाली काँग्रेस सिरहाको सभापतिमा विजयी हुनुभएको छ ।

गएराति सम्पन्न मतगणनाअनुसार सांसद यादवले आफ्ना प्रतिद्वन्द्वी नरेशकुमार यादवलाई २०८ मत अन्तरले पराजित गर्दै विजय प्राप्त गर्नुभएको हो ।

सांसद यादवले ५६९ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी नरेशकुमार यादवले ३६१ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता देवेन्द्र कोइरालाले जानकारी दिनुभयो ।

सभापतिमा विजयी हुनुभएका सांसद यादव पार्टी सभापति शेरबहादुर देउवा निकट मानिनुहुन्छ भन्ने उहाँका प्रतिद्वन्द्वी नरेशकुमार यादव पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिनुहुन्छ ।

गत शुक्रबार भएको निर्वाचनमा सभापति पदका तीन उम्मेदवारमध्ये कसैले पनि बहुमत प्राप्त गर्न नसकेपछि सभापति पदका लागि पुनः शनिवार निर्वाचन भएको थियो ।

यस्तै सांसद यादव प्यानलकै उपेन्द्रकुमार यादवले ५५८ मत प्राप्त गरी पार्टीको सचिव पदमा विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी रामकुमार यादवले ३०३ मत प्राप्त गर्नुभएको छ ।

पार्टी कोषाध्यक्षमा पनि सांसद यादव प्यानलकै सूर्यनारायण मण्डलले ४८९ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी कपलेश्वर साहले २६८ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ