बाग्लुङ, १७ पुस । उच्च अदालत पोखरा, बाग्लुङ इजालसले चालु आर्थिक बर्षको मङ्सिरसम्म ७२ वटा मुद्धा फछ्र्यौट गरेको छ ।
अघिल्लो वर्षदेखि जिम्मेवारी सरिआएका र चालु आवका गरी कुल एक सय ६१ मुद्दा दर्ता भएकोमा ७२ वटा फछ्र्यौट भएको मुख्य न्यायाधीश भीमबहादुर बोहराले जानकारी दिनुभयो
अदालतले ६४ मुद्दा फछ्र्याेटको लक्ष्य राखेको थियो । गत वर्षका ३० र चालु आवको मङ्सिरसम्म एक सय ३१ मुद्दा परेको बोहराले बताउनु भयो ।
यस्तै चालु आवको मङ्सिरसम्ममा लक्ष्य अनुसारकै १३ रिट निवेदन फछ्र्योट भएका छन् । गत वर्षका ११ र चालु आवको मङ्सिरसम्ममा १४ गरी इजलासमा २५ रिट परेका थिए ।
मुद्दा र रिट गरी कुल एक सय ८६ मध्ये मङ्सिरसम्ममा ७७ फछ्र्यौट गर्ने लक्ष्य लिइएकामा ८५ वटा फछ्र्योट भएको जनाइएको छ ।
न्यायाधीश बोहराका अनुसार अधिकांश मुद्दा वर्ष दिनभित्रै टुङ्गिने गरेका छन् । इजलासले न्याय सम्पादन कार्यलाई छिटोछरितो बनाएपछि अपेक्षितभन्दा बढी उपलब्धि हासिल भएको हो ।
इजलासमा रहेका बाँकी मुद्दा÷रिट पनि सयममै फछ्र्याेट हुने इजलासले जनाएको छ । अदालतमा बढीजसो अंश, सम्बन्धबिच्छेद, जबर्जस्ती करणी र ज्यानसम्बन्धी मुद्दा पर्ने गरेका छन् ।
यस्तै इजलासमा परेका रिट अधिकांश जग्गाको मुआब्जा, क्षतिपूर्ति, गैरकानुनी थुना, गैरकानुनी क्रियाकलापसम्बन्धी छन् । त्यसमध्ये मध्यपहाडी लोकमार्ग प्रभावित व्यक्तिबाट जग्गाको मुआब्जा माग गर्दै रिट परेको छ ।
केही रिट क्रसर उद्योगसम्बन्धी पनि छन् । यसअघि रहेको पुनरावेदन अदालत अहिले उच्च अदालत पोखराको बाग्लुङ इजलासका रुपमा रहेको छ । बाग्लुङ इजलास भनेर तोकिए पनि क्षेत्राधिकार र कार्यसम्पादन जिम्मेवारी भने पुनरावेदनकै अनुसार छ ।
पुनरावदेन अदालत हुँदा तीन चार वटासम्म इजलास रहने गरेकोमा अहिले एउटा मात्र इजलास छ । बागलुङ इजलासमा दुई मात्र न्यायाधीश हुनुहुन्छ ।