आजदेखि नेपाल टेलिकमको फोर जी सेवा

आजदेखि नेपाल टेलिकमको फोर जी सेवा

  • आइतवार, पुस १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

काठमाडौ १७ पौष । 

मुलुकको एकमात्र सरकारी दूरसन्चार सेवा नेपाल टेलिकमले आजदेखि फोर जी मोबाइल इन्टरनेट सेवा सुचारु गर्दैछ । विश्व बजारमा व्यावसायिक रुपमा यो सेवा सुरु भएको आठ वर्षपछि नेपालमा सन्चालनमा आउन लागेको हो ।

फोर जीको आज सफ्ट लन्च हुने नेपाल टेलिकमका प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले जानकारी दिनुभयो । आज एक कार्यक्रमकाबीच सन्चारमन्त्री सुरेन्द्र पाण्डेले फोर जी सेवाको औपचारिक उद्घाटन गर्नुहुनेछ ।

टेलिकमले पहिलो चरणमा आजदेखि काठमाडौ उपत्यका र पोखरामा यो सेवा सुचारु गर्ने तयारी गरेको छ । त्यसपछि क्रमशः देशका प्रमुख शहरहरुमा पनि विस्तार गर्दै लैजाने टेलिकमले जनाएको छ ।

विश्व चर्चित दूरसन्चार कम्पनी टेलियासोनेराले सन् २००९ मा नर्वेको ओस्लोमा पहिलो पटक व्यवसायिक रुपमा फोर जी सेवा सुरु गरेको थियो ।

नेपालमा सुरु हुन लागेको फोर जी सेवा मोबाइल इन्टरनेटको न्यनुतम ३० मेगाविट्सको रहनेछ । यो सेवा सुरु भएपछि सेवाग्राहीले आफूले चाहे अनुसार नेटवर्क अपरेटर र फ्रिक्वेन्सी प्रयोग गरेर फोर जी र थ्री जी दुवै सेवा लिन सक्नेछन् ।

यो सेवा नेपाल टेकिलमले वितरण गरेका सिमित सिममा मात्र चल्नेछ भने आइफोन प्रयोगकर्ताले केही समय पछि मात्र फोर जी सेवा उपयोग गर्न पाने भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ