संशोधन विधेयकविरुद्ध परेको रिटमा आज सुनुवाई हुदै

संशोधन विधेयकविरुद्ध परेको रिटमा आज सुनुवाई हुदै

  • आइतवार, पुस १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाडौ १७ पौष ।
मधेशी मोर्चाको माग सम्बोधनका लागि भन्दै सरकारले व्यवस्थापिका संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकविरुद्ध सर्बोच्चमा परेको रिटमाथि आज सुनुवाई हुदैछ ।

संशोधन विधेयक रोक्न अन्तरिम आदेश माग गर्दै पूर्व सभासद विष्णुबहादुर राउत र टीकाध्वज खड्काले सर्बोच्च अदालतमा दायर गर्नुभएको रिटमाथि आज सुनुवाई हुन लागेको हो ।

रुपान्तरित संसदलाई संविधान संशोधन गर्ने र सिमा हेरफेर गर्ने अधिकार नभएको भन्दै पूर्वसभासद राउतले विधेयक खारेजको माग गर्दै रिट दायर गर्नुभएको थियो ।

रिटमा सरकार, प्रधानमन्त्री र सभामुखलाई विपक्षी बनाएको छ । आजको बहसमा प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख ओनसरी घर्तीलाई समेत बोलाइएको अधिवक्ता चन्द्रकान्त ज्ञवालीले जानकारी दिनुभयो ।

सरकारले संशोधन विधेयक दर्ता गर्नुअघि नै पनि संशोधन प्रस्ताव असंवैधानिक रहेको भन्दै त्यसलाई रोक्न अन्तरिम आदेश माग गर्दै रिट दषर भएको थियो ।

रिटमा उत्पेषण, अधिकारपृच्छा र परमादेश अधिकारको माग गरिएको छ । संशोधन विधेयकलाई लिएर दलहरुबीच धु्रवीकरण बढीरहेका बेला सर्बोच्चबाट हुन लागेको सुनुवाईलाई चासोका साथ हेरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ