आजदेखि भारतबाट थप ४० मेगावट विद्युत आयात

आजदेखि भारतबाट थप ४० मेगावट विद्युत आयात

  • आइतवार, पुस १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमान्डौ पुस १७।

नेपाल विद्युत प्राधिकरणले गएराति देखि भारतबाट थप ४० मेगावट विद्युत नेपाल ल्याएको छ ।

हालै भएको उर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय र प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङ सहितको टोलीको भारत भ्रमणले थप ८० मेगावाट विद्युत खरिद गर्ने सम्झौता गरेको थियो ।

सोही सम्झौता अनुसार गएराति देखि पहिलो चरण अन्तर्गत ४० मेगावाट विद्युत भारतबाट नेपाल भित्रन थालेको हो । बाँकी ४० मेगावाट विद्युत भने आगामी माघ १७ गते देखि नेपाल भित्रने विद्युत प्राधिकरणले जनाएको छ ।

भारतको मुजफ्फरपुर देखि ढल्केबर सम्म अन्तर देशीय प्रसारण लाइनबाट नेपालमा गएराति देखि थप विजुली आयात भएको हो ।

यो सँगै छिमेकी मुलुक भारतबाट नेपालमा अव १ सय २० मेगावाट विद्युत आयात हुन थालेको छ । उर्जा मन्त्रालयले टनकपुरबाट समेत थप १५ मेगावाट विजुली आयात गर्ने विषयमा भारतसँग छलफल गरिरहेको जनाएको छ ।

मन्त्रालयको सन् २०१७ भित्र मुलुकभर लोडसेडिङ अन्त्य गर्ने अभियान अन्तर्गत नेपाल विद्युत प्राधिकरणले थप विद्युत आयात गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी