आयोजक काँकडभिट्टा र ब्लु आर्मी सिलोङबीच प्रतिस्पर्धा हुने

आयोजक काँकडभिट्टा र ब्लु आर्मी सिलोङबीच प्रतिस्पर्धा हुने

  • आइतवार, पुस १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

झापा, १७ पुस । झापाको काँकडभिट्टामा जारी काँकडभिट्टा गोल्डकप फुटबल प्रतियोगीताको दोश्रो संस्करण अन्तरगतको आजको खेलमा आयोजक काँकडभिट्टा गोल्डकप टिम र ब्लु आर्मी, सिलोङ, भारतबीच हुने छ ।
मेची नेत्रालय काँकडभिट्टाको आयोजनामा भएको खेल आज अपरान्ह ३ बजे हुनेछ ।

हिजो भएको उद्घाटन खेलमा रमपम झापा –११ सेमिफाइनलमा प्रवेश गरेको छ । काँकडभिट्टा माविको खेल मैदानमा आयोजित खेलमा हिमालयन शेर्पा काठमाडौँलाई ट्राइबेकरमा ५–३ को गोलअन्तरले हराउँदै झापा–११ ले सेमिफाइनलको यात्रा तय गरेको हो ।

निर्धारित समयमा २–२ को बराबरी भएपछि निर्णयका लागि खेलका रेफ्री लब खत्रीले खेललाई सोझै टाइब्रेकरमा लगेका थिए । झापाका तर्फबाट कप्तान योगेश गुरुङ, कर्ण लिम्बू, रवि थापा मगर, बुद्ध लिम्बू र रजनी धिमालले गोल गरेका थिए ।

हिमालयन शेर्पाका तर्फबाट भूपाल गुरुङ, हेमन गुरुङ र रुपेश केसीले गोल गरे । टिमका विदेशी खेलाडी मोसाले हानेको प्रहार गोलपोष्ट बाहिर गएपछि हिमालयन शेर्पाको खेल यात्रा टुङगिएको थियो ।

यही पुस २३ गतेसम्म चल्ने प्रतियोगिताका विजेता टिमले नगद रु चारलाख एकहजार राशीको पुरस्कार र उपविजेता टिमले नगद रु दुईलाख एकहजार पाउनेछन् ।

प्रतियोगितामा नेपालका ‘ए’ डिभिजनका आठ टिमको सहभागिता रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी