काठमाण्डौ ,१६ पुस ।
भारतको सिलगुढीमा जारी चौथो साफ महिला फुटबलमा नेपालले सेमिफाईनलमै भारतको सामना गुर्नुपर्ने भएको छ ।
आज भएको समुह चरण अन्तिम खेलमा भारत बंगलादेशसँग गोल रहित बराबरीमा रोकिएर उपविजेतामा सिमित भएपछि नेपालसँगको भेट पक्का भएको हो ।
समुह ए को विजेता नेपाल र समुह बीको उपविजेता भारतबीच सोमबार दिउसो कन्चजंगा स्टेडियममा हुने खेल निक्कै रोमान्चक हुने अपेक्षा गरिएको छ ।
यसअघिको तीन ओटा फाईनल खेलमा नेपाल भारतसँग पराजित भएको थियो । तर यो पटक भने नेपालले सेमिफाईनलमा नै भारतसँगको प्रतिस्पर्धा गर्न लागेको हो ।
दोस्रो सेमिफाईनलमा बंगलादेश र मालदिभ्स बीच प्रतिस्पर्धा हुनेछ । नेपालले यसअघि भुटालाई ८- ० र मालदिभ्सलाई ९ -० र श्रीलंकालाई १ -० ले हराएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline