संबिधान संसोधन विधेयक संसद्मा पेस गर्न नदिने : भट्टराई

संबिधान संसोधन विधेयक संसद्मा पेस गर्न नदिने : भट्टराई

  • शनिबार, पुस १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडाँै, १६ पुस । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले कुनै हालतमा संविधान संशोधन विधेयक संसद्मा पेस गर्न नदिने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल अनलाइन प्रतिष्ठानले आज नयाँ बानेश्वरमा संशोधन प्रस्तावको विरोधमा ‘सडकबाटै समाचार लेखन’ कार्यक्रममा बोल्दै उहाँले सरकारले विधेयक जबरर्जस्ती पेस गर्न खोजे उच्चतम ढङ्गले प्रतिवाद गरी पेस गर्न नदिने बताउनुभएको हो ।

सचिव भट्टराईले सरकारले सर्वोच्च अदालतमा विचाराधिन मुद्दालाई संसद्मा ल्याएर संसद् र न्यायपालिकाबीच विवाद ल्याउन खोजेको आरोप लगाउँदै ‘‘व्यवस्थापिका र न्यायपालिकाले एक अर्कालाई नियन्त्रण र सन्तुलन गरेका हुन्छन्, तर अहिले सरकार संसद्को सर्वोच्चतालाई खलबल्याउनका लागि अदालतमा विचाराधिन मुद्दालाई संसद्मा ल्याउन खोज्दै छ भन्नुभयो ।’’

एमाले प्रचार विभाग प्रमुखसमेत रहनुभएका भट्टराईले निर्वाचनको माध्यमबाट मुलुकमा स्थायित्व कायम गराउनु अहिलेको आवश्यकता हो भन्नुभयो ।

सो अवसरमा प्रेस चौतारी नेपालका वरिष्ठ उपाध्यक्ष माधव नेपाल र महासचिव राजेश राईले विधेयक संविधान र नेपाली जनता हितविपरित भएको भन्दै सञ्चारकर्मीले त्यस्ता विधेयकका विरुद्ध समाचार सम्प्रेषण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ