संविधान कार्यान्वयनमा गम्भिर हुदा आग्रह : राज्यमन्त्री मेहता

संविधान कार्यान्वयनमा गम्भिर हुदा आग्रह : राज्यमन्त्री मेहता

  • शनिबार, पुस १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

इटहरी, १६ पुस । भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीताराम मेहताले बिपी कोइरालाले लिनुभएको मेलमिलाप एवम् सहकार्यको नीतिलाई आत्मसाथ गरि संविधान कार्यान्वयनका लागि सबै पक्ष गम्भीर हुनुनपर्नेमा जोड दिनुभयो ।
आज सुनसरीको इटहरीस्थित शान्ति जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको २१ आँै वार्षिक साधारणसभामा उहाँले आगामी २०७४ माघभित्रमा तीनवटै तहको निर्वाचन नभए संविधानको अस्तित्व नै खतरामा पर्ने सक्ने उल्लेख गर्नुभयो ।

निर्वाचनको वातावरण बनाउनका लागि भएपनि एमालेले संसद् अवरुद्ध गर्न नहुने बताउनुभयो ।

सो संस्थामा एक हजार ४५६ सेयर सदस्य रहेका छन् । संस्थाले रु. ३५ करोड ६२ लाख ३८ हजार ८८८ कारोबार र रु. २५ करोड १९ लाख ६८ हजार कर्जा प्रवाह गरेको अध्यक्ष बमबहादुर न्यौपानेले जानकारी दिनुभयो ।

कार्यक्रममा असल ऋणि, उत्कृष्ठ बचतकर्ता र प्रवेशिका परीक्षामा उत्कृष्ठ अङ्क ल्याएर उतीर्ण गरेको छात्रछात्रालाई सम्मान गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ